वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व दशमी - १०
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२।०८।०१ गतेको निर्णयानुसार प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४ अनुसार यस कार्यालयको कार्यजिम्मेवारीहरू
|
सि.नं. |
कार्य जिम्मेवारी |
|
१. |
प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बन्धी |
|
२ |
प्रदेशभित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन |
|
३ |
प्रदेश सरकारको कार्य विभाजन तथा कार्यसञ्चालन |
|
४ |
प्रदेश सरकारको नीति तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन |
|
५ |
प्रदेश सरकारको कार्य सम्पादन नियमावली तर्जुमा र कार्यान्वयन |
|
६ |
प्रदेश मन्त्रालयहरूको कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन र नियन्त्रण |
|
७ |
प्रदेश मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन |
|
८ |
प्रदेश मन्त्रिपरिषद्मा पेस हुने नियम र आदेशको तर्जुमा, स्वीकृति तथा प्रमाणीकरण |
|
९ |
प्रदेशभित्रको राजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवम् प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी र सम्बोधन |
|
१० |
मानव अधिकारको संरक्षण र प्रवर्द्धन |
|
११ |
सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार |
|
१२ |
संवैधानिक निकाय तथा आयोग, प्रदेश लोक सेवा आयोग र अन्य सङ्घीय तथा प्रादेशिक आयोगसँगको सम्पर्क र समन्वय |
|
१३ |
सङ्घीय सरकारको स्वीकृति बमोजिम द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयन |
|
१४ |
प्रदेश प्रमुखको निर्देशन कार्यान्वयन र प्रतिवेदन |
|
१५ |
राष्ट्रिय समन्वय परिषद् र सङ्घ तथा अन्य प्रदेश र स्थानीय तहसँगको समन्वय र अन्तरसम्बन्ध |
|
१६ |
प्रदेशस्तरका आयोग तथा निकायहरूको गठन एवम् सञ्चालन र पदाधिकारीहरूको नियुक्ति एवम् सेवा, सुविधा सम्बन्धी नीति तथा कानूनको तर्जुमा र कार्यान्वयन |
|
१७ |
निर्वाचन कार्यमा सहयोग र समन्वय |
|
१८ |
प्रदेशस्तरीय मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयन |
|
१९ |
प्रदेश निजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा एवम् कार्यान्वयन र अभिलेख व्यवस्थापन |
|
२० |
प्रदेशस्तरका सरकारी निकायको सँगठन तथा व्यवस्थापन सर्वेक्षण र व्यवस्थापन परीक्षण |
|
२१ |
प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन, प्रदेशस्तरीय तालिम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा राष्ट्रिय र प्रदेशस्तरका तालिम केन्द्रसँगको सम्पर्क एवम् समन्वय |
|
२२ |
प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक अध्ययन तथा भ्रमण सम्बन्धी |
|
२३ |
प्रदेशस्तरमा सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारण र सेवाग्राही सन्तुष्टि सर्वेक्षण तथा सेवा प्रवाहको अनुगमन |
|
२४ |
गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानून तर्जुमा |
|
२५ |
प्रादेशिक नीति अनुसन्धान र नीति प्रयोगशाला सञ्चालन सम्बन्धी |
|
२६ |
प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना सङ्कलन, मूल्याङ्कन र प्रतिवेदन तथा सङ्घसँगको समन्वय र सहकार्य |
|
२७ |
अतिविशिष्ट व्यक्ति, महत्त्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा |
|
२८ |
सङ्घीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय |
|
२९ |
सङ्घीय कानून बमोजिम प्रदेश प्रहरी सञ्चालन, व्यवस्थापन र नियमन |
|
३० |
प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना सङ्कलन, रोकथाम, नियन्त्रण तथा समन्वय |
|
३१ |
कानून, न्याय तथा प्रदेश सभा मामिला सम्बन्धी |
|
३२ |
प्रदेश सभामा पेश हुने विधेयक तर्जुमा र प्रमाणीकरण सम्बन्धी |
|
३३ |
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना सङ्कलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग |
|
३४ |
आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रबर्द्धनमा सहयोग |
|
३५ |
प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी |
|
३६ |
सामुदायिक प्रहरी |
|
३७ |
प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन |
|
३८ |
प्रदेशभित्र न्यायिक र अर्ध न्यायिक निकायले गरेका फैसला कार्यान्वयन |
|
३९ |
प्रदेशभित्रका गैरसरकारी सङ्घ, संस्थाहरूको अभिलेख र समन्वय |
|
४० |
गुनासो र विवाद व्यवस्थापन |
|
४१ |
सङ्घीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन |
|
४२ |
फौजदारी कार्यविधि कानूनको कार्यान्वयन |
|
४३ |
अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति |
|
४४ |
निवारक नजरबन्द र स्थानहद सम्बन्धी |
|
४५ |
अन्तरप्रदेश सम्बन्ध |
|
४६ |
सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान |
|
४७ |
स्थानीय प्रशासनको सञ्चालन, व्यवस्थापन र समन्वय |
|
४८ |
पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, अभिभावकविहीन बालबालिका, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
|
४९ |
विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्चालन, स्थानीय विपद् कोषमा सहयोग, तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान, विपद् जोखिम क्षेत्र नक्शाङ्कन र बस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
|
५० |
उपाधि, सम्मान तथा विभूषणको सिफारिस |
|
५१ |
प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आादिको व्यवस्थापन |
|
५२ |
प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनर्स्थापना सम्बन्धी |
|
५३ |
सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्ति सम्बन्धी |
|
५४ |
प्रदेशस्तरको विद्युतीय संचार माध्यम सञ्चालनसम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण |
|
५५ |
प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन |
|
५६ |
प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूचना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन |
|
५७ |
प्रदेश भित्र टेलिसेन्टर सञ्चालन, व्यवस्थापन र नियमन |
|
५८ |
प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नवीकरण, अनुगमन र नियमन |
|
५९ |
साइवर सुरक्षा अनुगमन |
|
६० |
छापासञ्चार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, वर्गीकरण, सञ्चालन र नियमन |
|
६१ |
प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण |
|
६२ |
श्रमजिवी सञ्चारकर्मीहरूको न्यूनतम पारिश्रमिक अनुगमन |
|
६३ |
प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी |
|
६४ |
केबुल वितरणको इजाजत, नवीकरण र नियमन |
|
६५ |
सूचनाको हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन |
|
६६ |
चलचित्र निर्माण, हल सञ्चालन तथा प्रदर्शन अनुमति र नियमन |
|
६७ |
प्रदेश सरकार अन्तर्गत रहेका सरकारी सवारी साधनको अभिलेख, नियन्त्रण, संरक्षण, व्यवस्थापन र समन्वय गर्ने |
|
६८ |
अन्य कुनै पनि मन्त्रालयलाई गर्ने भनी स्पष्ट रुपमा नतोकिएको कार्य। |
कर्णाली प्रदेश, प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४मा उल्लेख भए बमोजिम यस कार्यालयको कार्य जिम्मेवारीहरू अन्तर्गत पर्ने कार्यहरू सम्पादन गर्न यस कार्यालयको लागि नेपाल सरकार (मन्त्रिपरिषद्)बाट स्वीकृत भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २४ मिति २०७५।०४।०९को पत्रसाथ प्राप्त पछिल्लो संगठन संरचनाले देहायको सङ्गठन संरचनाको व्यवस्था गरेको छ ।
सङ्गठन संरचना र कार्यविवरण
साङ्गठनिक संरचनालाई कुनै पनि संगठनको अस्थिपञ्जर मानिन्छ । संगठन आफैं पूर्ण वा जीवन्त हुन सक्दैन । यसलाई पूर्णता र जीवन्तता प्रदान गर्न सांगठनिक संरचनाले ठोस आधार र आकार प्रदान गर्दछ । यसै अनुरुप कार्यसम्पादन गर्न सबल र प्रभावकारी हुने तथा संगठनात्मक संरचना र कार्यप्रवाहबीच समन्वय कायम गर्न सक्षम रहने किसिमले यसको संगठनात्मक ढाँचा तय गरिएको छ । हालको संगठन संरचनामा ३ वटा महाशाखा र मुख्यमन्त्री र प्रमुख सचिवको सचिवालयसहित ९ वटा शाखाहरु कायम रहेको छ । यस कार्यालयको संगठनात्मक ढांचा अनुसूची -१ मा दिइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वर्तमान संगठन संरचना अर्न्तगत महाशाखा र शाखाहरूको विवरण देहाय वमोजिम रहेको छः
१. मुख्यमन्त्रीको सचिवालय
२. प्रमुख सचिवको सचिवालय
३. बैठक तथा प्रशासन महाशाखा
(क) प्रशासन तथा बैठक शाखा
(ख) सूचना तथा संचार समन्वय शाखा
४. शासकीय सुधार तथा समन्वय महाशाखा
(क) योजना, अनुगमन तथा नतिजा व्यवस्थापन शाखा
(ख) आर्थिक तथा पूर्वाधार शाखा
(ग) शासकीय सुधार तथा संचार शाखा
५. कानुन तथा संवैधानिक मामिला महाशाखा
(क) कानुन तथा फैसला कार्यान्वयन शाखा
(ख) मानव अधिकार तथा संवैधानिक मामिला शाखा
यस कार्यालयको वर्तमान संगठन संरचनाअर्न्तगत महाशाखा र शाखाहरुको कार्यविवरण देहाय वमोजिम रहेको छः
१. मुख्यमन्त्रीको निजी सचिवालय
२. प्रमुख सचिवको सचिवालय
३. बैठक तथा प्रशासन महाशाखाः-
(क) प्रशासन तथा बैठक शाखा
१. सामान्य प्रशासन तथा जनशक्ति व्यवस्थापन सम्बन्धी
२. आन्तरिक व्यवस्थापन सम्बन्धीः-
३. आर्थिक प्रशासन सम्बन्धीः-
४. मन्त्रिपरिषद् बैठक तथा अभिलेख सम्बन्धी कार्यः-
मन्त्रिपरिषद् बैठक तथा अभिलेख सम्बन्धीः-
मन्त्रिपरिषद् समिति बैठक तथा अभिलेख सम्बन्धीः-
(ख) सूचना तथा संचार समन्वय शाखाः-
४) शासकीय सुधार तथा समन्वय महाशाखाः-
ख) आर्थिक तथा पुर्वाधार शाखाः-
ग) योजना अनुगमन तथा नतिजा व्यवस्थापन शाखाः-
५) कानुन तथा संवैधानिक मामिला महाशाखाः-
(क) कानुन तथा फैसला कार्यान्वयन शाखा
ख) मानव अधिकार तथा संवैधानिक मामिला शाखाः-