हाम्रो मिशन

उद्देश्य

प्रदेश सरकार (मन्त्रिपरिषद्) का निर्णयहरुलाई तथ्यपरक एवम् नतिजामूलक वनाउनु, प्रदेश सरकारका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, गराउनु, प्रदेशको प्रशासनयन्त्रलाई विश्वसनीय, परिणाममूखी, उत्तरदायी र सक्षम बनाउनुका साथै प्रदेशका संरचना र जनशक्तिको व्यवस्थित परिचालन गरी सेवा प्रवाहलाई प्रभावकारी वनाउनु, सदाचारिताको प्रवर्द्धन, प्रभावकारी कानूनी व्यवस्था एवम् शून्य सहनशीलतामार्फत भ्रष्टाचार नियन्त्रण गर्नु, प्रदेशको समृद्धिका निमित्त बढी प्रतिफलदायी विकास नीति, योजना, कार्यक्रम र आयोजना तर्जुमा हुने वातावरण सिर्जना गर्नु, विकास निर्माण कार्यलाई समन्वयात्मक रुपमा र अनुगमन तथा मूल्याङ्कन प्रणालीको प्रभावकारीतामार्फत नतिजामूलक वनाउनु,

रणनीति

प्रदेश सरकारका नीति, निर्णय प्रक्रियालाई आवश्यक सूचना तथा तथ्याङ्क व्यवस्थित रुपमा उपलब्ध गराइनेछ, नीति एवम् निर्णय प्रक्रियालाई विश्वसनीय वनाउन सहभागितामूलक पद्धति अवलम्वन गरिनेछ, विद्युतीय शासन प्रणालीको विकास एवम् विस्तार गरिनेछ, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी वनाउन संस्थागत सुदृढीकरण गरिनेछ, जनआकांक्षा र जनगुनासो व्यवस्थापन प्रणालीको विकास गरिनेछ, सार्वजनिक सेवा प्रवाहको अनुगमन तथा मूल्याँकनलाई नतिजामूलक एवम् प्रभावकारी बनाइनेछ , मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन हुने वातावरण सिर्जना गरिनेछ, मन्त्रालयहरु, प्रमुख विकास आयोजनाहरु, सेवा प्रदायक निकायहरु र अन्य निकायहरुमा कार्यसम्पादन सूचकमा आधारित नतिजामूलक व्यवस्थापन पद्धति लागू गरिनेछ, भौतिक पूर्वाधार विकासमा प्रभावकारिता अभिवृद्धिका लागि सहकार्य, समन्वय र सहभागितामूलक विधि अवलम्वन् गरिनेछ । निर्णय एवम् कार्यान्वयनमा सहजीकरण र एकरुपता कायम गर्न एकिकृत तथ्याङ्क पद्धतिको विकास गरिनेछ ।