०७९/०८०

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

वीरेन्द्रनगर, सुर्खेत, नेपाल
मितिः २०७९/०८/२२

लैङ्गिक हिंसा निवारण तथा सामाजिक समाबेशीकरण सम्बन्धी कर्णाली घोषणा पत्रको

मस्यौदामा सल्लाह, सुझाब तथा राय उपलब्ध गराउने सम्बन्धमा

लैङ्गिक हिंसा निवारण तथा सामाजिक समाबेशीकरणका सम्बन्धमा वीरेन्द्रनगर, सुर्खेतमा मिति २०७९
मंसिर २० र २१ गते कर्णाली प्रदेश सरकारको आयोजनामा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका
उपाध्यक्षको सहभागितामा सम्पन्‍न कार्यशाला गोष्ठीबाट जारी भएको संयुक्त कर्णाली घोषणा-पत्रको मस्यौदा
आवश्यक सल्लाह सुझाब पछी अन्तिम रुप दिई प्रमाणिकरण हुने भएकोले उक्त मस्यौदाका सम्बन्धमा कुनै
सल्लाह, सुझाब तथा राय भए देहायको माध्यमबाट मिति २०७९ साल मंसिर २९ गते कार्यालय समयभित्र
उपलब्ध गराउनुहुन घोषणा पत्रको मस्यौदा सार्वजनिकीकरण गरिएको व्यहोरा अनुरोध छ।
सुझाब पठाउने माध्यमः
इमेलः pis.karnali@gmail.com
निःशुल्क हटलाइन नं.: १०९६
थप स्पष्टताका लागिः
शाखा अधिकृत श्री सरस्वती सापकोटा (९८४९६३१९०९)
शाखा अधिकृत श्री युवराज न्यौपाने (९८४८१५७७९७)
नोटः मस्यौदा यस कार्यालयको वेबसाइटः ocmcm.karnali.gov.np बाट समेत डाउनलोड
गर्न सकिनेछ।