०७६/०७७

प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४ अनुसार यस कार्यालयको कार्यजिम्मेवारीहरू

 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

 

क्र स

कार्य जिम्मेवारीहरू

जिम्मेवार महाशाखा

प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालय सम्बन्धी

प्रशासन तथा बैठक महाशाखा

प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन

प्रशासन तथा बैठक महाशाखा

प्रदेश सरकारको कार्यविभाजन तथा कार्यसञ्चालन

प्रशासन तथा बैठक महाशाखा

प्रदेश सरकारको नीति तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन

प्रशासन तथा बैठक महाशाखा

प्रदेश सरकारको कार्यसम्पादन नियमावली तर्जुमा र कार्यान्वयन

कानून तथा संवैधानिक मामिला महाशाखा

प्रदेश मन्त्रालयहरुको कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन र नियन्त्रण

प्रशासन तथा बैठक महाशाखा

प्रदेश मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन

प्रशासन तथा बैठक महाशाखा

प्रदेश मन्त्रिपरिषदमा पेश हुने नियम र आदेशको तर्जुमा, स्वीकृति तथा प्रमाणीकरण

कानून तथा संवैधानिक मामिला महाशाखा

प्रदेशभित्रको राजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक गतिविधिहरुको अद्यावधिक जानकारी र सम्बोधन

प्रशासन तथा बैठक महाशाखा

१०

मानवअधिकारको संरक्षण र प्रवर्द्धन

कानून तथा संवैधानिक मामिला महाशाखा

११

सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार

शासकीय सुधार तथा समन्वय महाशाखा

१२

संवैधानिक निकाय तथा आयोग, प्रदेश लोक सेवा आयोग र अन्य संघीय तथा प्रादेशिक आयोगसँगको सम्पर्क र समन्वय

कानून तथा संवैधानिक मामिला महाशाखा

१३

संघीय सरकारको स्वीकृति बमोजिम द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयन

शासकीय सुधार तथा समन्वय महाशाखा

१४

प्रदेश प्रमुखको निर्देशन कार्यान्वयन र प्रतिवेदन

प्रशासन तथा बैठक महाशाखा

१५

अन्तरप्रदेश परिषद र संघ तथा अन्य प्रदेश र स्थानीय तहसँगको समन्वय र अन्तरसम्बन्ध

शासकीय सुधार तथा समन्वय महाशाखा

१६

प्रदेशस्तरका आयोग तथा निकायहरुको गठन एवम् सञ्चालन र पदाधिकारीहरुको नियुक्ति एवम् सेवा, सुविधा सम्बन्धी नीति तथा कानुनको तर्जुमा र कार्यान्वयन

प्रशासन तथा बैठक महाशाखा

१७

निर्वाचन कार्यमा सहयोग र समन्वय

शासकीय सुधार तथा समन्वय महाशाखा

१८

प्रदेशस्तरीय मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयन

प्रशासन तथा बैठक महाशाखा

१९

प्रदेश निजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन सम्बन्धी नीति, कानुन तथा मापदण्ड तर्जुमा एवम् कार्यान्वयन र अभिलेख व्यवस्थापन

शासकिय सुधार तथा समन्वय महाशाखा

२०

प्रदेशस्तरका सरकारी निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण र व्यवस्थापन परीक्षण

शासकीय सुधार तथा समन्वय महाशाखा

२१

प्रदेशस्तरीय तालिम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा राष्ट्रिय र प्रदेशस्तरका तालिम केन्द्रसँगको सम्पर्क एवं समन्वय

शासकीय सुधार तथा समन्वय महाशाखा

२२

प्रदेशस्तरमा सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारण र सेवाग्राही सन्तुष्टि सर्वेक्षण तथा सेवा प्रवाहको अनुगमन

शासकीय सुधार तथा समन्वय महाशाखा

२३

गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानुन तर्जुमा

कानून तथा संवैधानिक मामिला महाशाखा

 

कर्णाली प्रदेश, प्रदेश सरकार कार्यविभाजन नियमावली,२०७४मा उल्लेख भए बमोजिम यस कार्यालयको कार्य जिम्मेवारीहरू अन्तर्गत पर्ने कार्यहरू सम्पादन गर्न यस कार्यालयको लागि नेपाल सरकार (मन्त्रिपरिषद्)बाट स्वीकृत भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २४ मिति २०७५।०४।०९को पत्रसाथ प्राप्त पछिल्लो संगठन संरचनाले देहायको सङ्गठन संरचनाको व्यवस्था गरेको  छ ।

 

सङ्गठन संरचना र कार्यविवरण

साङ्गठनिक संरचनालाई कुनै पनि संगठनको अस्थिपञ्जर मानिन्छ । संगठन आफैं पूर्ण वा जीवन्त हुन सक्दैन । यसलाई पूर्णता र जीवन्तता प्रदान गर्न सांगठनिक संरचनाले ठोस आधार र आकार प्रदान  गर्दछ । यसै अनुरुप कार्यसम्पादन गर्न सबल र प्रभावकारी हुने तथा संगठनात्मक संरचना र कार्यप्रवाहबीच समन्वय कायम गर्न सक्षम रहने किसिमले यसको संगठनात्मक ढाँचा तय गरिएको छ । हालको संगठन संरचनामा ३ वटा महाशाखा र मुख्यमन्त्री र प्रमुख सचिवको सचिवालयसहित ९ वटा शाखाहरु कायम रहेको छ । यस कार्यालयको संगठनात्मक ढांचा अनुसूची १ मा दिइएको  छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वर्तमान संगठन संरचना अर्न्तगत महाशाखा र शाखाहरूको विवरण देहाय वमोजिम रहेको छः

१. मुख्यमन्त्रीको सचिवालय

२. प्रमुख सचिवको सचिवालय

३. बैठक तथा प्रशासन महाशाखा

(क) प्रशासन तथा बैठक शाखा

(ख) सूचना तथा संचार समन्वय शाखा

 

 ४. शासकीय सुधार तथा समन्वय महाशाखा

(क) योजना, अनुगमन तथा नतिजा व्यवस्थापन शाखा

(ख) आर्थिक तथा पूर्वाधार शाखा

(ग) शासकीय सुधार तथा संचार शाखा

५.  कानुन तथा संवैधानिक मामिला महाशाखा

(क) कानुन तथा फैसला कार्यान्वयन शाखा

(ख) मानव अधिकार तथा संवैधानिक मामिला शाखा

यस कार्यालयको वर्तमान संगठन संरचनाअर्न्तगत महाशाखा र शाखाहरुको कार्यविवरण देहाय वमोजिम रहेको छः

१. मुख्यमन्त्रीको निजी सचिवालय

  • मुख्यमन्त्रीको निजी सचिवालय, स्वकीय सचिवालय र विभिन्न शाखाहरूको कार्यमा समन्वय कायम गर्ने।
  • मुख्यमन्त्रीलाई कार्य सम्पादनको सिलसिलामा आवश्यक पर्ने विभिन्न प्रकारका सूचना तथा अभिलेख उपलव्ध गराउने।
  • मुख्यमन्त्रीको सचिवालयमा आवश्यक कम्प्यूटर, विद्युत, टेलिफोन, फर्निचर लगायतका भौतिक सुविधाहरुको सम्बन्धित शाखासंग समन्वय कायम गरी व्यवस्थापन गर्ने।
  • मुख्यमन्त्रीको विभिन्‍न व्यक्ति, पदाधिकारी, प्रतिनीधिहरुसंगको सम्पर्क तथा भेटघाटलाई व्यवस्थित वनाउने।
  • सचिवालयमा आवश्यक मालसामानहरूको खरिदका लागि  सिफारिस गर्ने ।
  • सचिवालयको भौतिक सामाग्रीहरुको रेखदेख, संरक्षण र मर्मत सम्भार गर्ने/ गराउने ।
  • मुख्यमन्त्रीको कार्यकक्षमा हुने बैठक तथा भेटघाटको आवश्यकता अनुसार टिपोट, माईन्यूट तयार गर्ने।
  • मुख्यमन्त्रीबाट भएका निर्दर्शन, निर्णय तथा आदेशहरू कार्यान्वयनको लागि प्रमुख सचिव समक्ष पेश गर्ने ।
  • सचिवालयबाट गर्नु पर्ने पत्राचारका साथै सचिवालयको दर्ता, चलानी र अभिलेख ब्यवस्थित गर्ने गराउने।
  • मुख्यमन्त्रीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरुमा दिनुहुने शुभकामना तथा सन्देशको मस्यौदा तयार गरी पेश गर्ने र स्वीकृत भए बमोजिम प्रकाशन/प्रसारणका व्यवस्था मिलाउने ।
  • विभिन्न स्वदेशी तथा विदेशी व्यक्ति तथा संस्थासँगको मुख्यमन्त्रीको सञ्चार एवं पत्राचार कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने ।
  • राष्ट्रिय तथा वैदेशिक पत्रपत्रिकाहरुको अध्ययन गरी प्रदेश तथा राष्ट्रिय सरोकार लगायत मुख्यमन्त्रीको ध्यानाकर्षणको कुनै विषय भए त्यस्तो विषय मुख्यमन्त्रीलाई अवगत गराउन पेश गर्ने ।
  • मुख्यमन्त्रीको तर्फवाट कुनै घोषणा, सन्देश, सार्वजनिक वक्तव्य तथा प्रेस-विज्ञप्ति सार्वजनिक गर्नुपर्ने भए सोको तयारी एवं सम्प्रेषण कार्यमा सहयोग पुर्‍याउने ।
  • मुख्यमन्त्रीको प्रेससँगको भेटघाट कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने ।
  • माननीय मुख्यमन्त्रीबाट दिइने शुभकामना, निमन्त्रणा कार्ड सम्बन्धित निकायलाई निकासा दिने ।
  •  
  • मुख्यमन्त्रीवाट सम्पादन हुने काममा आवश्यक सहयोग गर्ने।
  • मुख्यमन्त्रीको भ्रमण कार्यक्रममा सुरक्षा लगायत अन्य व्यवस्थाको लागि सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने।
  • आवश्यकता अनुसार मुख्यमन्त्रीको जनसम्पर्क सम्बन्धी अन्य कार्यहरु गर्ने।
  • सचिवालयमा कार्यरत कर्मचारीहरूलार्इ काज/बिदा दिनुपर्ने भए मुख्यमन्त्रीसंग समन्वय गरी काज/बिदाको लागि सिफारिस गर्ने ।
  • मुख्यमन्त्रीको भ्रमण आदेश, भ्रमण प्रतिवेदन लगायत आवश्यक कागजातहरूको व्यवस्थापनका साथै मन्त्रीहरुको भ्रमण आदेश स्वीकृत तथा प्रतिवेदन पेश गर्ने कार्यमा आवश्यक समन्वय गरिदिने ।
  • मुख्यमन्त्री र कार्यालयसंगको सम्पर्क शाखाको रूपमा कार्य गर्ने
  • तोकिए बमोजिमका अन्य कार्यहरु ।

२. प्रमुख सचिवको सचिवालय

  • प्रमुख सचिवको सचिवालय र विभिन्न शाखाहरूको कार्यमा समन्वय कायम गर्ने।
  • प्रमुख सचिवलाई कार्य सम्पादनको सिलसिलामा आवश्यक पर्ने विभिन्न प्रकारका सूचना तथा अभिलेख उपलव्ध गराउने।
  • प्रमुख सचिवको सचिवालयमा आवश्यक कम्प्यूटर, विद्युत, टेलिफोन, फर्निचर लगायतका भौतिक सुविधाहरुको सम्बन्धित शाखासंग समन्वय कायम गरी व्यवस्थापन गर्ने।
  • प्रमुख सचिवको विभिन्‍न व्यक्ति, पदाधिकारी, प्रतिनीधिहरुसंगको सम्पर्क तथा भेटघाटलाई व्यवस्थित बनाउने।
  • प्रमुख सचिवको कार्यकक्षमा हुने बैठक, भेटघाटको आवश्यकता अनुसार टिपोट, माईन्यूट तयार गर्ने।
  • प्रमुख सचिवबाट भएको निर्णयको संचार तथा कार्यान्वयनको लागि सम्बन्धित शाखा/महाशाखामा पठाउने।
  • सचिवालयको पत्राचार तथा संचारको दर्ता, चलानी र अभिलेख ब्यवस्थित गर्ने/ गराउने।
  • प्रमुख सचिवको भ्रमण कार्यक्रममा आवश्यकता अनुसार सुरक्षा लगायत अन्य व्यवस्थाको लागि सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने।
  • आवश्यकता अनुसार प्रमुख सचिवको जनसम्पर्क सम्बन्धी अन्य कार्यहरु गर्ने।
  • प्रमुख सचिवबाट सम्पादन हुने काममा आवश्यक सहयोग गर्ने।
  • प्रमुख सचिवबाट आदेश/निर्देशन भए बमोजिमका अन्य कामहरू गर्ने ।

 

 

३. बैठक तथा प्रशासन महाशाखाः-

  • प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालय सम्बन्धी
  • प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन
  • प्रदेश सरकारको कार्यविभाजन तथा कार्यसञ्चालन
  • प्रदेश सरकारको नीति तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन
  • प्रदेश मन्त्रालयहरुको कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन र नियन्त्रण
  • प्रदेश मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन
  • प्रदेशभित्रको राजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक गतिविधिहरुको अद्यावधिक जानकारी र सम्बोधन
  • प्रदेश प्रमुखको निर्देशन कार्यान्वयन र प्रतिवेदन
  • प्रदेशस्तरका आयोग तथा निकायहरुको गठन एवम् सञ्चालन र पदाधिकारीहरुको नियुक्ति एवम् सेवा, सुविधा सम्बन्धी नीति तथा कानुनको तर्जुमा र कार्यान्वयन
  • प्रदेशस्तरीय मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयन

(क) प्रशासन तथा बैठक शाखा

१. सामान्य प्रशासन तथा जनशक्ति व्यवस्थापन सम्बन्धी

  • कर्मचारीको नियुक्ति, सरुवा, काज, का.स.मु, हाजिरी, विदा, बढुवा, पुरस्कार, दण्ड, निवृत्तिभरण, अवकाश, उपदान, संगठन संरचना, दरवन्दी हेरफेर, तालिम, छात्रवृति, अध्ययन मनोनयन, अभिलेख लगायतका कर्मचारी प्रशासनसंग सम्बन्धित कार्यहरु।
  • अन्य मन्त्रालय/निकायका कर्मचारी प्रशासन सम्बन्धमा परेका उजुरीहरु सम्बन्धी कार्य
  • निजामती सेवा पुरस्कार तथा पदकहरुको सिफारिस गर्ने, उत्कृष्ट कर्मचारी/कार्यालयलाई पुरस्कृत गर्ने सम्बन्धी कार्य।
  • मुख्यमन्त्री तथा कार्यालयवाट आयोजना हुने विभिन्न समारोह तथा कार्यक्रमको व्यवस्थापन सम्बन्धी कार्यहरु ।
  • कार्यालयका पदाधिकारीहरूलाई पुस्तक तथा पत्रपत्रिकाहरू उपलब्ध गराउने ।
  • कार्यालयमा प्राप्त भई दर्ता भएका चिठीपत्रहरु सकभर Scan गरी Online मार्फत सम्बन्धित शाखा, महाशाखामा पठाउने।
  • प्राप्त चिठीपत्रहरु दर्ता सिरियल मिलाई फाइलिङ्ग गर्ने।
  • सचिव बैठक संचालन सम्बन्धी काम गर्ने ।
  • अन्य शाखाका कार्य विवरणमा नपरेका अन्य प्रशासनिक कार्यहरु ।

 

२. आन्तरिक व्यवस्थापन सम्बन्धीः-

  • कार्यालयका विभिन्न कर्मचारीहरूको जिम्मेवारी तोक्ने, हेरफेर गर्ने।
  • भौतिक व्यवस्थापनमा आवश्यक सहयोग गर्ने।
  • मर्मतसंभार, रंगरोगन, सरसफाई तथा आन्तरिक सजावट सम्बन्धी कार्य गर्ने गराउने।
  • भौतिक तथा अन्य सामग्रीको खरिद व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने।(खरिद ईकाईको सचिवालयको रुपमा कार्य गर्ने)
  • भौतिक तथा अन्य सामग्रीको जिन्सी व्यवस्थापन सम्बन्धी कार्यहरु।
  • विभिन्न पदाधिकारी/ कर्मचारीहरुका लागि सवारी साधन तथा इन्धनको व्यवस्थापन सम्बन्धी कार्यहरु।(सवारी साधन तथा ईन्धन व्यवस्थापन ईकाईको कार्य)
  • टेलिफोन, धारा, विद्युत आपूर्ति तथा सोसंग सम्बन्धी कामहरु।
  • सम्पतिको संरक्षण र मर्मतसंभार सम्बन्धी कार्यहरु।
  • आर्थिक कार्यविधि ऐन, नियमावली तथा प्रचलित कानून बमोजिम गर्नुपर्ने भौतिक सामग्रीहरुको अभिलेख, जिन्सी निरीक्षण तथा लिलामी सम्बन्धी कार्य गर्ने।

३. आर्थिक प्रशासन सम्बन्धीः-

  • योजना, अनुगमन तथा नतिजा व्यवस्थापन शाखासंग समन्वय गरी कार्यालयको लागि बार्षिक बजेट अनुमान तयार गरी पेश गर्ने ।
  • तलव भत्ता, संचयकोष, नागरिक लगानी कोष, बीमाकोष आदिको व्यवस्थापन गर्ने गराउने ।
  • कार्यालयको आम्दानी खर्चको स्रेस्ता प्रचलित कानुन वमोजिम व्यवस्थित रुपमा राख्ने ।
  • खर्चको फाटवारी, आर्थिक विवरण लगायत प्रचलित कानून वमोजिम तयार गर्नु पर्ने विवरण तयार गर्ने र सम्बन्धित निकायमा पठाउनुपर्ने विवरण समयमै पठाउने।
  • मुख्यमन्त्री सहायता कोषको संचालन गर्ने ।
  • कार्यालयको आम्दानी खर्चको लेखापरीक्षण गराउने तथा यसको नियमितता सम्बन्धी कार्य गर्ने ।
  • वेरुजु फर्छ्यौट गर्ने/गराउने ।
  • आर्थिक विषयमा उपयुक्त रायपरामर्श उपलब्ध गराउने ।
  • पदाधिकारीहरु तथा कर्मचारीहरूलाई नियमानुसारको पारिश्रमिक लगायतका अन्य आर्थिक सुविधाहरु उपलव्ध गराउने
  • प्रचलित ऐन, नियमले तोकेको आर्थिक प्रशासन सम्बन्धी अन्य कार्यहरु ।

 

 

४. मन्त्रिपरिषद् बैठक तथा अभिलेख सम्बन्धी कार्यः-

मन्त्रिपरिषद् बैठक तथा अभिलेख सम्बन्धीः-

  • प्रदेश सरकारको कार्य विभाजन र मन्त्रालयहरूको गठन विघटन तथा संगठन संरचना हेरफेर सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रिपरिषदमा पेश हुन आउने प्रस्तावहरु सङ्कलन गर्ने, संकलित प्रस्तावहरु रितपूर्वक भए नभएको अध्ययन गर्ने, रीत नपुगेका प्रस्तावहरुको रीत पुर्‍याउन लगाउने/ पुर्‍याउने।
  • मन्त्रिपरिषद्को बैठकमा पेश गरिने कार्यसूची तयार गर्ने र सो स्वीकृत भएपछि कार्यक्रमको विवरणसहित सबै मन्त्रीहरुलाई पठाउने ।
  • मन्त्रिपरिषद्को बैठकका लागि बैठक कक्ष लगायत आवश्यक कर्मचारी तथा भौतिक सुविधाहरुको प्रबन्ध गर्ने /गराउने ।
  • मन्त्रिपरिषद्को बैठकका निर्णयको तयारीमा सहयोग पुर्‍याउने, भएका निर्णयको अभिलेख राख्ने, निर्णयहरु सम्बन्धित मन्त्रालय तथा महाशाखामा सञ्चार गर्ने ।
  • मन्त्रिपरिषद्ले गरेका राजनैतिक नियुक्तिको अभिलेख राख्ने र नियुक्त भएका त्यस्ता पदाधिकारीहरुका विवरण अद्यावधिक गर्ने ।
  • मन्त्रीहरु विभिन्न कामका लागि अन्य प्रदेश तथा  विदेश भ्रमणमा जाँदा वा विदामा रहँदा निजहरुको अनुपस्थितिमा वैकल्पिक कार्यभार सम्हाल्ने व्यवस्था मिलाउन सहयोग गर्ने र सो को सूचना सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने साथै सो सूचना प्रदेश राजपत्रमा प्रकाशनका लागि सुचना तथा सञ्चार समन्वय शाखामा पठाउने ।
  • मन्त्रीहरुको शपथ ग्रहणसम्बन्धी कार्यमा सहयोग पुर्‍याउने ।
  • मन्त्रिपरिषद्को तर्फवाट जारी गर्नुपर्ने प्रेस सूचना, विज्ञप्ति, समाचार आदि प्रकाशन गर्ने ।
  • प्रदेशसभा सचिवालय तथा सभाका विभिन्न समितिबाट माग भई आएका मन्त्रिपरिषद्का निर्णय, मन्त्रिपरिषद् सदस्य सम्बन्धी विवरण तथा अन्य सम्बद्ध कागजात उपलब्ध गराउने ।
  • अदालत तथा मुख्यन्यायाधिवक्ताको कार्यालयबाट मुद्दाको छलफलको सिलसिलामा आवश्यक भई माग हुने प्रदेश सरकारका मन्त्रिपरिषद्को निर्णय उपलब्ध गराउने ।
  • प्रमाणिकृत सरकारी कागजातहरुको मुलप्रति अभिलेख राख्‍ने ।
  • प्रदेश प्रमुखको कार्यालयसंग सम्बद्ध कार्यहरू गर्ने ।

 

मन्त्रिपरिषद्  समिति बैठक तथा अभिलेख सम्बन्धीः-

 

  • मन्त्रिपरिषद् समितिमा पेश हुन आउने प्रस्तावहरु सङ्कलन गर्ने ।
  • मन्त्रिपरिषद् समितिको बैठकमा पेश गरिने कार्यसूची तयार गर्ने र सो स्वीकृत भएपछि कार्यक्रमको विवरणसहित सबै सदस्य तथा सम्बन्धितहरुलाई पठाउने ।
  • मन्त्रिपरिषद् समिति सम्बन्धी बैठकको माइन्युट तयार गर्ने, जानकारी तथा कार्यान्वयनको लागि सम्बन्धी निकायमा पठाउने र अभिलेख ब्यवस्थित रूपमा राख्‍ने ।
  • मन्त्रिपरिषद्को समितिको बैठक सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।

(ख) सूचना तथा संचार समन्वय शाखाः-

  • सवै मन्त्रालय र  निकाय समेटिने गरी कम्प्यूटराइज्ड सूचना प्रणाली स्थापना गरी संचालन गर्ने ।
  • महत्वपूर्ण आर्थिक एवं सामाजिक गतिविधिहरुको तथ्याकं संकलन र अद्यावधिक गरी राख्ने ।
  • कार्यालयको महत्वपुर्ण सूचनाहरुको प्रवाह गर्न कार्यालयको वेबसाइट अध्यावधिक राख्ने
  • कार्यालयको सवै महाशाखा/शाखाहरुमा इन्टरनेट सेवा उपलव्ध गराउने।
  • कार्यालयको विभिन्न शाखा/महाशाखाहरुलाई आवश्यक पर्ने कम्प्यूटर सफ्टवेयरको व्यवस्थापन गर्न सहयोग पुर्‍याउने।
  • कार्यालयका तर्फवाट सार्वजनिक जानकारीमा ल्याउनु पर्ने सूचना तथा जानकारीहरु प्रवाह गर्न सहयोग गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी नीति, कार्यक्रमको अध्ययन, बिश्लेषण गर्ने
  • प्रदेशस्तरमा विधुतीय शासन  डिजिटल प्रदेशको अवधारणालाई प्रभावकारी बनाउन अन्य सम्बद्व निकायहरुसंग समन्वय गर्ने ।
  • कार्यालयमा सूचना प्रविधि सम्बन्धी उपकरणहरूको संचालन तथा मर्मतसंभार गर्ने ।
  • कार्यालयमा प्रयोग भएका हार्डवेयर र सफ्टवेयरको सुरक्षा र गुणस्तर कायम राख्ने ।
  • प्रदेश व्यवस्थापन सूचना प्रणाली (PMIS) को विकास सम्बन्धी कार्य गर्ने ।
  • माननीय मुख्यमन्त्रीको कुटनैतिक पत्राचारमा परराष्ट्र मन्त्रालय तथा प्रचलित कानून बमोजिम सम्बन्धित निकायसँग समन्वय राखी कार्यहरु गर्ने ।
  • मुख्यमन्त्री संलग्न रहने विभिन्न बैदेशिक भ्रमणको कार्यहरूको समन्वय गर्ने ।
  • मुख्यमन्त्रीको निमन्त्रणामा विशिष्ट ब्यक्तिहरूको प्रदेश भ्रमणको समन्वय गर्ने ।
  • कार्यालयको सूचना अधिकारीको रुपमा काम गर्ने
  • सूचनाको सहज पहुँच गराउन प्रदेश सरकारका निकायहरुलाई समन्वय, सहजीकरण र निरीक्षणका माध्यमवाट सहयोग पुर्‍याउने।
  • संघ, प्रदेश र स्थानीय तह संग समन्वय सम्बन्धी कार्यहरु गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।

 

) शासकीय सुधार तथा समन्वय महाशाखाः-

  • शासकीय सुधार तथा संचार शाखाः-

 

  • पालिकाहरुको केन्द्र परिवर्तन, सिमाना हेरफेर जस्ता विषयहरुसँग सम्बन्धित कार्य
  • चिठ्ठिपत्र, फ्याक्स, ईमेल र टेलिफोन लगायतका सञ्चार माध्यमवाट प्राप्त गुनासा एवं उजुरीहरु संकलन गर्ने ।
  • संकलित गुनासाहरू अध्ययन गरी प्राथमिकताको वर्गीकरण गर्ने र आवश्यक कार्यार्थ सम्बन्धित निकायमा पठाउने ।
  • अख्तियार दुरुपयोगसंग सम्बन्धित उजुरीहरुको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा राष्ट्रिय सतर्कता केन्द्रमा अनुसन्धान एवं कारवाहीको लागि पठाउने ।
  • सम्बन्धित निकायमा आवश्यक कारवाहीका लागि पठाइएको गुनासा एवं उजूरी उपर भएको प्रगतिको अनुगमन गर्ने र सम्बन्धित निकायमा प्रगति स्थिति पेश गर्ने ।
  • मुख्यमन्त्री हटलाइन सेवा (१०९६) कक्ष संचालन तथा व्यवस्थापन सम्बन्धी कार्य
  • प्रशासन सुधारसम्बन्धी सम्पर्क शाखाको रुपमा कार्य गर्ने ।
  • शासकीय सुधार सम्बन्धी नीति तथा कार्यक्रमको विश्लेषण, समीक्षा गरी परिमार्जन तथा सुधारको लागि सुझाव पेश गर्ने ।
  • प्रदेश सरकारको शासकीय सुधार तथा शान्ति, सुरक्षासंग सम्बद्ध मन्त्रालय तथा निकायहरुबाट सम्पादित कार्यको सुपरीवेक्षण तथा समन्वय गर्ने ।
  • विषयगत मन्त्रालयसंग सम्बन्धित विषयमा विभिन्न विज्ञ, पदाधिकारी एवं संघसंस्थाहरूवाट समयसमयमा मुख्यमन्त्री र प्रमुख सचिव समक्ष प्रस्तुत विचार, राय सुझावको अध्ययन गरी सुधार गर्ने गराउने ।
  • भ्रष्टाचार नियन्त्रण र सुशासन, प्रदेश शान्ति सुरक्षा विपद व्यवस्थापन सम्बन्धी कार्यहरूको सम्पर्क शाखा रुपमा कार्य गर्ने ।
  • प्रदेश लोकसेवा आयोगको सम्पर्क शाखाको रूपमा कार्य गर्ने ।-संवैधानिक मामिला शाखामा लैजाने कि
  • समय समयमा प्रदेशको प्रशासनिक, आर्थिक लगायतका क्षेत्रका नीति/रणनीति सम्बन्धमा सम्बन्धित विशेषज्ञ तथा सल्लाहकारहरू सम्मिलित बैठक आयोजना गरी प्राप्त सुझाव समेतको आधारमा प्रतिवेदन गर्ने ।
  • प्रदेश सरकारको बार्षिक, मध्यकालीन र दीर्घकालीन भ्रष्टाचार सम्बन्धी नीतिको विश्लेषण गरी आवश्यक परिमार्जनका लागि सहयोग गर्ने।
  • विषयगत मन्त्रालयसँग सम्बन्धित विषयमा विभिन्न विज्ञ, पदाधिकारी एवं संघसंस्थाहरुबाट समयसमयमा भ्रष्टाचार तथा अनियमित कार्य नियन्त्रण सम्बन्धमा मुख्यमन्त्री र प्रमुख सचिवसमक्ष प्रस्तुत विचार, राय सुझावको अध्ययन गरी भ्रष्टाचार तथा अनियमित कार्य नियन्त्रण/न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने ।
  • सदाचार पद्धति स्वतः लागु हुन सक्ने पद्धतिको विकास गरी लागु गर्न सहयोग गर्ने।
  • भ्रष्टाचार उपरको दण्ड सजाय कार्यान्वयनमा सम्बद्ध निकायलाई सहयोग गर्ने।
  • नागरिकलाई भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व बोध गराउँदै आफ्ना विभिन्न क्रियाकलापहरु मार्फत सकृय हुन सहयोग गर्ने/नागरिक समाजबाट प्राप्त उपयुक्त राय सुझाव अध्ययन गरी सुधार गर्न सहयोग पुर्‍याउने।
  • गुनासो व्यवस्थापन सम्बन्धी कार्यहरु ।

 ख) आर्थिक तथा पुर्वाधार शाखाः-

  • प्रदेश आर्थिक गतिविधिहरुको अद्यावधिक जानकारी लिई प्रतिवेदन गर्ने ।
  • विषय सम्बद्ध प्रदेश सरकारको बार्षिक, मध्यकालीन र दीर्घकालीन लगायत अन्य विभिन्न नीतिहरुको विश्लेषण गर्ने ।
  • राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायहरुले प्रदेशको आर्थिक विकाससँग सम्बन्धित बिषयमा प्रकाशित गरेका तथ्याङ्क एवं सूचनाहरु संकलन गर्ने साथै तिनको विश्लेषण गर्ने ।
  • आर्थिक विकाससँग सम्बद्ध मन्त्रालय/निकायहरुबाट मन्त्रिपरिषद्को स्वीकृतिको लागि पेश गरिएका नीतिहरु अध्ययन विश्लेषण गरी रायसहित पेश गर्ने ।
  • पुर्वाधार विकाससँग सम्बद्ध मन्त्रालय/निकायहरुको नीति, बार्षिक कार्यक्रम एवं अन्य विवरणहरु सङ्कलन तथा विश्लेषण गर्ने ।
  • प्रदेशको विद्युत, सडक, जलस्रोत विकाससँग सम्बन्धित बिषयमा प्रकाशित गरेको तथ्याङ्क एवं सूचकहरु सङ्कलन गर्ने साथै तिनको विश्लेषण गरी आवश्यकता अनुसार पेश गर्ने ।
  • पूर्वाधार संग सम्बन्धित मन्त्रालय/निकायहरुद्धारा सञ्चालित महत्वपुर्ण विकास आयोजना/कार्यक्रमहरुको आवधिक प्रगति विवरण सङ्कलनका साथै विश्लेषण गरी एकीकृत प्रगति विवरण तयार गरी योजना, अनुगमन तथा नतिजा व्यवस्थापन शाखामा पठाउने ।
  • मुख्यमन्त्रीले अध्यक्षता गर्ने विभिन्न आयोग, समिति, परिषद् आदिबाट भएका महत्वपूर्ण कार्यहरुको प्रगति सङ्कलन गरी पेश गर्ने।
  • मन्त्रालय/निकायहरुको नीति, बार्षिक कार्यक्रम एवं अन्य विवरणहरु सङ्कलन गरी विश्लेषण र प्रगति समीक्षा लगायतका कार्य गर्ने।
  • प्रदेशले अवलम्बन गरेको वित्तीय तथा आर्थिक नीतिहरुको विश्लेषण गरी त्यसबाट प्रदेशको समग्र अर्थतन्त्रमा पर्न गएको प्रभावको मूल्याङ्कन गर्ने।
  • अर्थतन्त्रका आधारहरुबिच रहेको अन्तरसम्बन्धलाई विश्लेषण गरी प्रभावकारी समन्वय कायम गर्ने, कार्यक्रम तथा नीतिहरु तय गर्ने।
  • शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने।

ग) योजना  अनुगमन  तथा नतिजा व्यवस्थापन शाखाः-

  • प्रदेश सरकारका वार्षिक, मध्यकालीन र दीर्घकालीन लगायत अन्य विभिन्न नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
  • प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने कार्यको संयोजन गर्ने ।
  • कार्यालयको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र स्वीकृत बार्षिक कार्यक्रम तथा बजेट अनुसार सो को कार्यान्वयन कार्ययोजना तयार गर्ने ।
  • प्रदेश सरकारका नीति तथा कार्यक्रमहरुको सूचकांक र Standard Operating Procedure(SOP) तयार गरी कार्यान्वयन गर्ने ।
  • सम्बन्धित मन्त्रालयसंग समन्वय गरी नीति कार्यान्वयन पक्षको नीति परिक्षण (Policy Auditing) नीति कार्यान्वयनको प्रभावकारिता अध्ययन (Impact Study) गर्ने ।
  • प्रदेश सरकारको आवधिक तथा बार्षिक योजना, कार्यक्रम, परियोजनाहरुको अनुगमन तथा मुल्याकंन गरी प्रतिवेदन पेश गर्ने ।
  • मन्त्रिपरिषद्द्वारा स्वीकृत नीति तथा कार्यक्रमहरुको कार्यान्वयन अवस्थाको अनुगमन (Follow up) गर्ने ।
  • अनुगमन मुल्याकंन सम्बन्धी अन्य कार्यहरु गर्ने ।

 

कानुन तथा संवैधानिक मामिला महाशाखाः-

(क) कानुन तथा फैसला कार्यान्वयन शाखा

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट प्रदेश मन्त्रिपरिषदमा पेश हुने विधेयक, गठन आदेश, नियमावलीहरुको मस्यौदाहरु तयार  गरी पेश  गर्ने ।
  • विभिन्न प्रदेश मन्त्रालयहरूबाट प्राप्त प्रस्ताव र प्रस्ताव साथ संलग्न कानूनी विषय समाबेश भएका कागजातहरू अध्ययन गरी पेश गर्ने ।     
  • प्रदेश सरकार (मन्त्रिपरिषद्) को स्वीकृतिका लागि प्राप्त हुन आएको विधेयक, नियम र गठन आदेश लगायतका मस्यौदा उपर राय परामर्श दिने ।
  • यस कार्यालय विरुद्ध परेका रीटहरुमा लिखित जवाफ तयार गर्ने ।
  • कानुनी द्विविधाको विषयमा कानूनी राय / परामर्श उपलब्ध गराउने ।
  • अदालतबाट भएका फैसला वा आदेशको कार्यान्वयन गर्नमा सघाउ पुर्‍याउने ।
  • प्रदेश सभामा पेश हुने विधेयक वा प्रदेश सरकारबाट जारी भएका अध्यादेशको अभिलेख राख्ने ।
  • प्रदेशसंग सम्बन्धित महत्वपुर्ण अन्तरराष्ट्रिय सन्धि, सम्झौता, आलेख, प्रतिवद्धता आदि एकीकृत गर्ने सुरक्षित राख्ने/ राख्न लगाउने ।
  • यस कार्यालयसंग सम्बन्धित कानूनको मस्यौदा तर्जुमा गर्ने ।

ख) मानव अधिकार तथा  संवैधानिक मामिला शाखाः-

  • मानव अधिकार सम्बन्धीः
  • मानव अधिकारको संरक्षण र प्रवर्द्धनका बिषयमा प्रदेश सरकारको सम्पर्क तथा समन्वय बिन्दुको रुपमा कार्य गर्ने ।
  • विभिन्न सरकारी निकायहरुमा रहेका मानवअधिकार एकाइहरुबीच समन्वय गर्ने ।
  • मानव अधिकार प्रवर्द्धनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न विभिन्न निकायहरु बीच आवश्यक समन्वय गर्ने ।
  • मानव अधिकार सम्बन्धी विद्यमान सरकारी नीति तथा योजनाहरुको समीक्षा गरी सुझावहरु पेश गर्ने ।
  • मानव अधिकारसम्बन्धी प्रदेश कार्ययोजना तर्जुमा गर्ने र मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयनमा सहयोग पुर्‍याउने ।
  • मानव अधिकारसम्बन्धी प्रदेश तथा राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन गर्ने र सोको अनुगमन र पृष्ठपोषण गर्ने ।
  • मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्नमा आवश्यक नीति, कार्यक्रम निर्माण गर्ने र कार्यान्वयन गर्ने ।
  • मानवअधिकारको संरक्षण र प्रवर्द्धन सम्बन्धी ऐन कानून बमोजिम नीति तयार गरी स्वीकृतीको लागि मन्त्रिपरिषदमा पेश गर्ने ।
  • मानवअधिकार सम्बन्धी गोष्ठी, सेमिनार, प्रचार प्रसार सम्बन्धी कार्य गर्ने ।
  • मानव अधिकारसम्बन्धी प्रतिबद्धता लगायतका कागजपत्र एकीकृत र सुरक्षित राख्ने/ राख्न लगाउने ।
  • कानुन तथा मानवअधिकार सम्बन्धी अन्य कार्यहरु गर्ने ।
  • मानवअधिकार सँग सम्बन्धित सञ्चार माध्यममा प्रकाशित भएका घटनाहरुको संकलन गर्ने र आवश्यकता अनुसार सोमा आफैले अग्रसरता लिई सम्बन्धित निकायलाई आवश्यक कारवाही गर्न निर्देशन दिने।
  • लैङ्गिक हिंसाबाट पीडित भएको व्यक्तिले न्याय नपाएको भन्ने सम्बन्धमा यस कार्यलयमा निवेदन दिएमा त्यसमा छानबिन गरी पीडितलाई न्याय प्रदान गर्नका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन पेश गर्ने।
  • महिला हिंसा विरुद्धमा परेको उजुरीमा वा घटेको घटनाका सम्बन्धमा सम्बन्धित घटनास्थल अवलोकन समेत गर्नुपर्ने देखिए स्थानीय प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालय समेतको आवश्यक सहयोगमा स्थलगत भ्रमण गरी आफ्नो प्रतिवेदन महाशाखाहरु मार्फत मुख्यमन्त्री समक्ष प्रस्तुत गर्ने र भएको निर्देशन बमोजिम आवश्यक कारवाही गर्ने।
  • संवैधानिक मामिला सम्बन्धीः
  • प्रदेश सरकारबाट विभिन्न निकायमा नियुक्ति हुने विभिन्न पदहरुको लागि उपयुक्त उम्मेदवारको विवरण तयार गर्ने ।
  • त्यस्ता पदमा नियुक्ति हुने व्यक्तिको नियुक्ति पत्र, राजिनामा, अवकास, सुविधा निर्धारण लगायतका कार्यहरु गर्ने ।
  • आफ्नो शाखासँग सम्बन्धित प्रदेश राजपत्रमा प्रकाशन गर्ने